काठमाडौं, बैशाख १३ गते । नेपालमा कोरोनाभाइरसका ३ हजार ५५६ जनामामा सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालका कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख तीन हजार ५६१ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ८९३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ११४ जनामा पोजिटिभ पाइएको छ ।
मन्त्रालयका अनुसार चौबीस घण्टामा ३७८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७७ हजार ९५१ जना निको भइसकेका छन् । हाल निको हुने दर ९१.५ प्रतिशत पुगेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टाभित्रमा सात जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । सोही अबधिमा १२ जना थप सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणले तीन हजार १७६ जनाको मृत्यु भइसकेको छ ।
हाल ६५ जना क्वारेन्टिनमा र २२ हजार ४३४ जना आइसोलेशनमा छन् ।