गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु

पोखरा, बैशाख १३ गते ।गण्डकी प्रदेशमा सोमबार ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा कास्कीका १ जना महिला र १ जना पुरुष, स्याङ्जाका १ जना पुरुष र म्याग्दीका १ जना पुरुष रहेका छन् ।

मृत्यु भएका सबै संक्रमितहरुको पोखरा र पाल्पाका अस्पतालहरुमा उपचारका क्रममा निधन भएको हो ।पोखरा –२५ का ९१ वर्षीय पुरुषको बिहान पौन ६ बजे मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो ।

 

त्यस्तैगरी पोखरा– १ की ५५ वर्षीय महिलाको सोमबार दिउसो १ बजे निधन भएको छ । उहाँको पनि मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो ।स्याङ्जाको वालिङ– १२ का ५८ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा सोमबारै निधन भएको छ ।

 

म्याग्दीको रघुगंगा गाँउपालिका– ३ का ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा आज बिहान सवा ३ बजे निधन भएको छ ।गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...