गण्डकी प्रदेश सभामा आज पनि अविस्वास प्रस्तावमाथि छलफल

पोखरा, बैशाख १४ गते  । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा सोमबार प्रस्तुत भएको छ ।  संसदमा प्रस्तुत अविस्वासको प्रस्तावमाथि सोमबारै छलफल सुरु भएको छ । सत्ता पक्ष र प्रतिपक्ष केही सांसदहरुले आफना भनाई राख्नुभएको छ ।

सत्तापक्षका सांसदले सरकारले गरेका कामलाई अवरुद्ध पार्न र सत्ता मोहका कारण अविस्वासको प्रस्ताव ल्याएको दावी गरे भने अविस्वासको प्रस्तावको पक्षमा बोल्ने सांसदहरुले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको आरोप लगाउदै वर्तमान सरकार हटाउनुपरेको जिकीर  गरे । आज पनि गण्डकी प्रदेशसभामा अविस्वासको प्रस्तावको पक्ष र विपक्षमा सांसदहरुले आआआफना भनाई राख्ने छन् ।  सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गर्नुभयो ।

मुख्य मन्त्री विरुद्धको अविश्वासको प्रस्ताव प्रस्तुत गर्दै नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशलाई एक नम्वर प्रदेश बनाउने साझा परिकल्पना गरिए पनि त्यसमा सरकार चुकेको बताउँदै उहाँले साढे तीन वर्षको अवधिमा उल्लेख्य काम हुन नसकेको आरोप लगाउनुभयो । समुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव प्रदेशसभामा  दर्ता गराउनु भएको थियो । अविस्वास प्रस्तावमाथि आजसम्म संसदमा छलफल चल्ने र त्यसपछि मतदान हुने  छ । मतदान भोली बैशाख १५ गते हुने बताइएको छ ।

 

गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २७ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्री  गुरुङको साथ छोडेका छन् । उनले आफु स्वतन्त्र सांसद भएकाले छुटटै बस्ने व्यवस्था गर्न माग गरेका छन् । प्रदेश सभामा  माओवादीका १२ सांसदमध्ये १ जना सभामुख हुनुहुन्छ । कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सांसद हुनुहुन्छ  । जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा मत हाल्दा मुख्यमन्त्री गुरुङ सरकार गिराउन पुग्ने बहुमत ३१ जना पुग्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...