गण्डकीमा कोरोना संंक्रमणबाट दुई जनाको मृत्यु, ११३ नयाँ संक्रमित

पोखरा, बैशाख १४ गते । पोखरामा १ सहित गण्डकी प्रदेशमा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार गोरखा र तनहुँका गरी दुई जनाको मृत्यु भएको छ । पोखरामा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ मा ८३ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा मेडिप्लस अस्पताल पोखरामा सोमबार राति ११ बजेर २० मिनेट जाँदा ज्यान गएको हो । उहाँलाई वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


यस्तै गोरखामा समेत १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ५ की ६७ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा आज ज्यान गएको हो । उहाँलाई सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय १७ पुगेको छ । यस्तै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११३ जना नयाँ संक्रमित थपिएका छन् । ३३५ जनाको परिक्षण गरिएकोमा ११३ मा संक्रमण पुष्टि भएको हो ।हाल होम आइसोलेसनमा ८८२ जना रहेका छन भने मंगलबार ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...