पोखरा, बैशाख १५ गते । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका ३ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । नेकपा एमालेका सांसदले मंगलबार कोरोना संक्रमण जाँच नगरी संसद सञ्चालन गरेको भन्दै सदन अवरोध गरेका थिए ।

एमाले सांसदले सद अवरोध गरेपछि कोरोना परिक्षण गर्ने र रिपोर्ट आएपछि सञ्चालन गर्ने तथा कोरोना रिपोर्ट पोेजेटिभ आएका सासदले बोल्न नपाउने तर मतदान गर्न पाउने सहमती भएको थियो । सहमती अनुसार हिजै कोरोना परिक्षण गरिएको थियो । आज १ बजेलाई ससद बैठक आह्वान गरिएको छ । गण्डकी प्रदेशका सांसद मध्य कसलाई पोजेटिभ आएको हो भन्ने बारे स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छैन् ।