पोखरा, बैशाख १५ गते ।कोरोना भाइरस संक्रमणबाट गण्डकीमा बुधबार दुई जनाको मुत्यु भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार बागलुङ र गोरखाका कोरोना संक्रमितको पोखरा र भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
बागलुङ नगरपालिका ११ की ६१ वर्षीय महिलाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार राती १२ः१५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकोछ। मृतक महिलालाई बैशाख १० गते कोरोना संक्रमण पुुष्टि भएको थियो । त्यस्तै गण्डकी प्रदेशको गोरखा नगरपालिका १४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पताल चितवनमा उपचारका क्रममा ज्यान गएको हो।मृतक पुरुषमा बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएकोथियो । कोरोना संक्रमणबाट गण्डकीमा मृत्यु हुनेको संख्या २१९ पुगेको छ ।