पोखरा, बैशाख १५ गते । गण्डकी प्रदेशमा बुधबार मात्रै ३०८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका पाँच वटा विज्ञप्ति अनुसार गण्डकीमा ३०८ जना पुगेको छ । थपिएका मध्य सबै भन्दा बढि कास्कीमा १८१ जना रहेका छन् । त्यस्तै स्याङजामा ३२ जना,नवलपुरपूर्वमा ७ जना, बागलुङमा ३ जना, तनहुँ १ जना,म्याग्दी १जना र पर्वतमा १ जना नयाँ संक्रमित थपिएका छन् ।
एकै पटकमा २११ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको तेश्रो विज्ञप्तिमा २११ जना थपिएको जनाएको छ । थपिएका मध्य कास्कीका मात्रै १२९ जना रहेका छन्। त्यस्तै गोरखा जिल्लाका ४६ जना, बागलुङका १४ जना,स्याङजाका ९ जना, तनहुँका ६ जना, म्याग्दीका १० जना,पर्वतका ४ जना र मुस्ताङका १ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकीमा अहिलेसम्म १८ हजार १६९ जना कोेरोना संक्रमित पुगेका छन्।
यता कोरोना भाइरस संक्रमणबाट गण्डकीमा बुधबार दुई जनाको मुत्यु भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार बागलुङ र गोरखाका कोरोना संक्रमितको पोखरा र भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । बागलुङ नगरपालिका ११ की ६१ वर्षीय महिलाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार राती १२ः१५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकोछ। मृतक महिलालाई बैशाख १० गते कोरोना संक्रमण पुुष्टि भएको थियो । त्यस्तै गण्डकी प्रदेशको गोरखा नगरपालिका १४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पताल चितवनमा उपचारका क्रममा ज्यान गएको हो।मृतक पुरुषमा बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएकोथियो । कोरोना संक्रमणबाट गण्डकीमा मृत्यु हुनेको संख्या २१९ पुगेको छ ।