गण्डकीमा संक्रमण उच्च, एक हजार सक्रिय संक्रमित, कास्कीमा मात्रै ८ सय

पोखरा, बैशाख १६ गते । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वत्तै बढेको छ । गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ ।

बुधबारमात्रै ३०८ नयाँ संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या १२ सय ८९ जना पुगेको छ ।गण्डकीका ११ जिल्ला मध्य सबै भन्दा धेरै संक्रमित कास्कीमा रहेका छन् । कास्कीमा ८ सय जना पुगेका सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कुल सक्रिय संक्रमितमध्ये १ हजार ३२ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

गण्डकीमा हालसम्म संक्रमितको संख्या १८ हजार २ सय ५९ पुगेको छ भने तीमध्ये १६ हजार ७ सय ५१ जना निको भएका छन् । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...