कोरोना बीमा पोलेसि असार पछि बन्द

काठमाडौं, बैशाख १ गते । कोरोना बीमा पोलेसी असार महिना पछि बन्द हुने बीमा समितिले बताएको छ । अहिले बीमा गरेको हकमा पनि असारसम्म मात्रै लागु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिनुभयो ।


बीमा समितिले असार पछि यो पोलेसी बिक्री गर्न नपाउने बताएको हो । अहिले कोरोना बीमा गरे तापनि असार महिनासम्म मात्रै रिक्स कभर हुन्छ तर अहिले पनि कोरोना बीमा गर्न भने पाइने उहाँको भनाई छ । हालसम्म १८ लाख भन्दा बढिले कोरोना विमा गरेको समितिका कार्यकारी निर्देशक पौडेलले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...