पोखरा, बैशाख १८ गते । १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना ब्यक्त गर्नुभएको छ । मुख्यन्त्री गुरुङले शुभकामना सन्देश जारी गदै श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य,शुख शान्ति र समृद्धि सहित प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको मौलितक हक र कर्तब्यमा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यास उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाकको हक हुने कानून बमोजिम टे«ड यूनियन खोल्ने त्यसमा सहभागी हुने तथा सामुहिक सौदाबाजी गर्न पाउने हक स्पष्ट व्यवस्था गरेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । यो एउटा महत्वपूर्ण उपलब्धी हो र यसको कार्यान्वयनको प्रक्रिया पनि सुरु भएको छ । ‘यसको थप प्रभावकारीता कार्यान्वयनका लागि अझ एकमतका साथ लाग्नु आजको आवश्यकता रहेको कुरामा यस अवसारमा जोड दिन चाहान्छु ।’ सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको राष्टिय आकांक्षालाई साकार पार्ने मुख्य संवाहक शक्ति भनेका श्रमिक वर्ग नै भएकोले श्रम र श्रमिकप्रति सम्मान गदै श्रमिकहरुलाई मर्यादित जीवन प्रदान र उनीहरुको पूर्ण क्षमताको सदुपयोग गर्न गराउन आजको दिनले हामी सैबमा प्रेरणा प्रदान गर्नसक्नेछ भन्ने विश्वास लिएको छु सन्देशमा भनिएको छ।

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसको दोश्रो लहरको संक्रमण बढी रहेको सन्र्दभमा सम्पूर्ण सरोकारवाल निकायहरु कोभिड– १९ को रोकथाम नियन्त्रण र उपचारमा पूर्ण क्षमता साथ अगाडी बढनुहुन साथै सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई हेचक्रयाई नगरी स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी सतर्कता अपनाउनु हुन समेत आग्रह गर्नुभएको छ ।