काठमाडौं, बैशाख १८ गते । कोभिड १९ महामारी बिरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले सामाजिक सञ्जालमार्फत् अमेरिकी घोषणाबारे जानकारी गराउनुभएको हो ।
राजदूत बेरीले ट्वीटरमार्फत् अमेरिकी सहयोग निकाय(यू एस एड)को कार्यक्रम अतिरिक्त कोभिड बिरुद्ध लड्न उक्त अतिरिक्त अनुदान उपलब्ध गराउने उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “हामी नेपाल र नेपालीको लामो समयदेखिको मित्र हौं, भाइरसबाट गहिरो रुपमा संघर्षरत् नेपालको यस लडाईमा अमेरिका ऐक्यबद्धता जनाउन चाहन्छ ।” उहाँले हामी सँगै लडे भाइरसलाई परास्त गर्ने उल्लेख गर्नुभएको छ ।
यूएस एडले उक्त अनुदान आपातकालीन प्रयोगका लागि उपलब्ध गराइने जनाएको छ ।