पोखरा,बैशाख २० गते।कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा थप कडाई गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्वोधन गदै थप कडाई र प्रभावकारी ढंगले लागू गर्न पहिलेझैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको बताउनुभयो ।

उहाँले संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन भन्दै एकहदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।