गण्डकीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा, बैशाख २१ गते ।कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । म्याग्दीका पुरुषको पोखराको चरक मेमोरियलमा उपचारका क्रममा मृत्यु भएो हो । म्याग्दीको मंगला गाउँपालिका वडा नं। ६ का ७६ वर्षका एक पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक पुरुषमा यही वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।डा शर्माका अनुसार यो सहित म्याग्दीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म पाँच पुगेको छ । म्याग्दीमा हाल सक्रिय संक्रमितको संख्या ७१ जना रहेको छ ।

म्याग्दीमा ३४९ जना संक्रमित भएकोमा २७४ जना निको भएका छन् । कोरोना संक्रमण फैलिंदै गएपछि म्याग्दीमा १० दिन कडा लकडाउन गरिएको छ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या हालसम्म २३३ जनाको पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...