पोखरामा कोरोना संक्रमितको संख्या उच्च बनेको छ । दैनिक पोखरामा संक्रमितको संख्या बढदो क्रममा देखिएको छ ।बुधबार गण्डकी प्रदेशमा ५७४ जनामा संक्रमण पुष्टि हुदाँ पोखरामा २७५ जना नयाँ संक्रमित थपिए भने कास्की जिल्लाको संक्रमितको संख्या २९२ रहेको छ ।

पोखरा महानगरका ३३ वटै वडामा संक्रमण फैलिएको छ । पोखरामा बढदो संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी भएको एक साता बढि भएपनि संक्रमितको संख्या घटेको छैन् । जिल्ला प्रशासन कार्यालय कास्कीले २१ गतेबाट कडा निषेधाज्ञा जारी गरेको छ । तर प्रशासनको आदेश कार्यान्वयन फितालो देखिएपछि प्रहरीले बुधबारबाट विना काम सडकमा हिडनेहरुलाई कारबाही समेत थालेको छ ।
सडकमा हिडेaकाहरुलाई सडकमै उभ्याउदै कोरोना बारे सचेत गराउदै घर फठाउने अभियान थालेको छ । नागरिकहरुक लागि निषेधाज्ञा जारी गरेपनि त्यसलाई अटेर गरेका कारण पोखरामा संक्रमण घटने भन्दा बढेको छ ।
