काठमाडौं । मुलुकभर बढिरहेको कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गर्ने कम चलिरहेको छ । मंगलबारसम्म निषेधाज्ञा जारी हुने जिल्लाको संख्या ५१ रहेकोमा बुधबार थप ५ जिल्लामा निषेधाज्ञा जारी भएको हो ।

गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार बुधबार दोलखामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ भने इलाम, सिन्धुपाल्चोक र धनकुटामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको हो ।दोलखामा बुधबार राती १२ बजेदेखि लागू हुने गरी ३१ गते राती १२ बजेसम्म जारी रहने जिल्ला स्तरीय काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले जनाएकाे छ ।