कोरोनाको दोश्रो लहरले बालबालिका र युवा बढि प्रभावित

कोरोनाको  दोस्रो लहरले बालबालिका र युवालाई समेत बढी प्रभावित गरिरहेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार बुधबार ७३७ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नौ वर्षसम्म उमेर समूहका २१३ जना सङ्क्रमित छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५२४ जना सङ्क्रमित भएका छन् ।


मन्त्रालयका अनुसार ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिलाई सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएको छ । ती समूहमा दुई हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै २० देखि २९ वर्षका दुई हजार ५१ जना, ४० देखि ४९ वर्ष उमेर समूहमा एक हजार ५५३ जना, ५० देखि ५९ वर्षका एक हजार १७३ जना, ६० देखि ६९ वर्षका ५९० जना, ७० देखि ७९ वर्षका २३७, ८० देखि ८९ वर्षका ८६ जना, ९० देखि १०० वर्षका नौ जना र उमेर अज्ञात ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...