गण्डकीमा थपिए २५४ संक्रमित
पोखरा, बैशाख २३ गते । गण्डकी प्रदेशमा बिहिबार दिउसोसम्म २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका चार विज्ञप्ति अनुसार सबै भन्दा धेरै कास्कीका १०५ जना रहेका छन् ।
त्यस्तै नवलपरासीपूर्वका ४१ जना , मुस्ताङका १४ जना, लमजुङका २७ जना, म्याग्दीका २८ जना, तनहुँका २० जना, गोरखाका २ जना, पर्वतका ३ जना, बागलुङका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।गण्डकीमा अहिलेसम्म संक्रमित २०६६८ जना पुगेका छन् ।