पोखरा, बैशाख २३ गते । गण्डकी प्रदेशमा बिहिबार ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका छ विज्ञप्ति अनुसार सबै भन्दा धेरै कास्कीका २२१ जना मा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्य कास्की जिल्लामा सबैभन्दा धेरै २२१ जना संक्रमित थपिएका छन् ।

कास्कीका पनि पोखरा महानगरपालिकाका धेरै छन् । त्यस्तै नवलपरासीपूर्वका ४१ जना , मुस्ताङका १४ जना, लमजुङका २७ जना, म्याग्दीका ३२ जना, तनहुँका २९ जना, गोरखाका ३ जना, पर्वतका ५ जना, बागलुङका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।गण्डकीमा अहिलेसम्म संक्रमित २०८३१ जना पुगेका छन् ।