पोखरा, बैशाख २३ गते ।पोखरामा कोरोना संक्रमितको संख्या बिहिबार घटेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ४३३ नयाँ संक्रमित थपिएका छन् । ९४७ को स्वाब परीक्षण गरिएकोमा ५१४ जनाको नेगेटिभ आएको छ ।
बिहिबार गण्डकीमा १४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहिबार गण्डकीमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा २८०४ जना होम आइसोलेसनमा छन् । गण्डकीमा कुल १४९५५७ जनाको स्वाब परीक्षण गरिएको छ भने २०८६० जनामा संक्रमण भएको छ । संक्रमित मध्य हालसम्म १७३०२ जना संक्रमणमुक्त भएका छन् । गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या ३३१७ रहेको छ । कोरोना संक्रमणबाट २४१ पुगेको छ ।
यसैवीच बिहिबार चार जनाको ज्यान गएको छ ।गण्डकी प्रदेशमा बिहिबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका तीन र म्याग्दीका एक जना सहित चार संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । पोखराका दुई अस्पतालमा उपचाररत संक्रमित तीन पुरुष र एक महिलाको ज्यान गएको हो ।मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर ३ का ८७ वर्षीय पुरुष,पोखरा २९ का ४१ वर्षीय पुरुष, पोखरा १७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिनुभयो । पोखरा ४ का पुरुषमा बैशाख २१ गते संक्रमण पुष्टि भएको थियो भने पोखराकै चरक मेमोेरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।अरु तीन संक्रमितको पोखराको फुबारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।