पोखरा, बैशाख २३ गते ।गण्डकी प्रदेशमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । शुक्रबार दिउसो तीन बजेसम्मको तथ्याङक अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या अहिलेसम्मकै उच्च हो । शुक्रबार ६३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि सबैभन्दा धेरै ५७४ संंक्रमित थपिएका थिए । त्यो रेडक ब्रेक गदै आज दिउसै संक्रमितको संख्या ६ सय नाघेको छ । यो अहिलेसम्मकै उच्च हो । गण्डकीमा अहिलेसम्मको सबैभन्दा धेरै ५७४ थियो। तर शुक्रबार कोरोना संक्रमणको रेड ब्रेक गदै दिउसो २ बजेसम्म ६३३ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै नवलपरासीपूर्वका ५२ जना, पर्वका ५२ जना, बागलुङका ४८ जना, म्याग्दी ३९ जना, लमजुङ १० जना, स्याङजा ३० जना,तनहुँका २७ जना, मुस्ताङका १ जनामा शुक्रबार संक्रमण पुष्टि भएको छ ।