पोखरामा संक्रमण फैलिदै, एउटै वडामा ३४ संक्रमित( कुन वडामा कति )

पोखरा, बैशाख २४ गते ।पोखरा महानगरपालिकामा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ ।संक्रमण तिव्र बनेको छ ।पोखरा महानगरपालिकामा शुक्रबार तीन बजेसम्म जारी पाँच विज्ञप्ति अनुसार ३२० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेका पाँच विज्ञप्ति अनुसार पोखराको वडा नम्वर र २१ मा सवैभन्दा धेरै ३४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य १६ वर्षमुनिका ७ जना सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा ८ मा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा अहिलेसम्मकै धेरै ६३३ संक्रमित थपिए

गण्डकी प्रदेशमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । शुक्रबार दिउसो तीन बजेसम्मको तथ्याङक अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या अहिलेसम्मकै उच्च हो । शुक्रबार ६३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि सबैभन्दा धेरै ५७४ संंक्रमित थपिएका थिए ।

 

त्यो रेडक ब्रेक गदै आज दिउसै संक्रमितको संख्या ६ सय नाघेको छ । यो अहिलेसम्मकै उच्च हो । गण्डकीमा अहिलेसम्मको सबैभन्दा धेरै ५७४ थियो।

तर शुक्रबार कोरोना संक्रमणको रेड ब्रेक गदै दिउसो २ बजेसम्म ६३३ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै नवलपरासीपूर्वका ५२ जना, पर्वका ५२ जना, बागलुङका ४८ जना, म्याग्दी ३९ जना, लमजुङ १० जना, स्याङजा ३० जना,तनहुँका २७ जना, मुस्ताङका १ जनामा शुक्रबार संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...