काठमाडौं, बैशाख २४ गते । नेपालमा कोरोनाभाइरसका नौ हजार २३ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा १९ हजार ९८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ७७ हजार ६०३ पुगेको जनाएको छ ।