गण्डकीमा शुक्रबार अहिलेसम्मकै धेरै १३९६ नयाँ संक्रमित,कास्कीमा ८ सय ५६

पोखरा, बैशाख २४ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्यामा रेकड ब्रेक भएको छ । कोरोना संक्रमण फैलिएसंगै पहिलो पटक एकै दिनमा १३९६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेका दश विज्ञप्ति अनुसार गण्डकीमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका हुन् । थपिएका मध्य सबैभन्दा धेरै कास्कीका रहेका छन् । कास्कीमा आठ सय भन्दा बढि संक्रमित थपिएका छन् । यस्तै शुक्रबार सात  कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा पोखराका विभिन्न अस्पतालमा सात जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...