६२ वटा जिल्लामा निषेधाज्ञा, ५१ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक

काठमाण्डाै – सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा लगाएको छ ।

आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । आज थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा आज राति १२ बजेदेखि सुरु भइ आउँदो ३१ गते १२ बजेसम्म लागू हुनेछ ।

दार्चुला र सङ्खुवासभामा भोलिदेखि निषेधाज्ञा सुरु हुनेछ । आउँदो जेठ चार गतेसम्मको विभिन्न मितिमा गरी १९ जिल्लामा निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण देशभर नै बढिरहेकाले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयको अनुमान छ । गृह मन्त्रालयले काम नपरि  बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...