पोखरा, बैशाख २५ गते । कास्की प्रहरीले अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण गरेको छ । विभिन्न स्थानबाट अक्सिजन ग्याँस सिलिण्डर संकलन गरी अक्सिजन कम्पनिहरुलाई हस्तान्तरण गरिएको कास्की प्रहरीले जनाएको छ ।

बिश्वव्यापी रुपमा फैलिदै गईरहेको कोरोना भाईरस संक्रमणलाई ध्यानमा राखी अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस भन्ने उद्देश्यले कास्की जिल्ला अन्तरगत बिभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसंग रहेका अक्सिजन ग्यास सिलिण्डरहरु पछी सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुले संकलन गरी कम्पनीहरुलाई हस्तान्तण गरिएको जिल्ला प्रहरीका कार्याल कास्कीका सुचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो ।

कोरोना भाईरस संक्रमित बिरामीहरुको उपचारार्थ बिभिन्न अस्पतालहरुमा पठाउने गरी १८७ थान अक्सिजन ग्याँस सिलिण्डरहरु पोखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी अक्सिजन प्रा.लिलाई हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताउनुभयो । साथै अन्य कम्पनी तथा व्यक्तिहरुसंग त्यस्ता अक्सिजन सिलिण्डरहरु छन भने अक्सिजन उत्पादन कम्पनिलाई उपलव्ध गराई सहयोग गरिदिनुहुन समेत कास्की प्रहरीले अनुरोध गरेको छ ।