पोखरा, बैशाख २५ गते । गण्डकीमा शनिबार कोरोना भाइरसका २७४ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको विवरण सार्वजनीक गदै स्वास्थ्य निर्देशनालय गण्डकीक् प्रदेशले दिएको जानकारी अनुसार ५०१ जनाको स्वाब परीक्षण गरिएको थियो भने २२७ जनाको नेगेटिभ आएको छ ।
गण्डकीमा शनिबार कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ भने १६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । गण्डकीमा ४५९७ जना होम आइसोलेसनमा रहेका छन् । शनिबार सबैभन्दा बढि कास्कीमा १६१ संक्रमित थपिएका छन् ।
त्यस्तै नवलपरासीपूर्वमा ४५, बागलुङमा ३६, तनहँमा १८, पर्वत र म्याग्दीमा ५÷५ जना,स्यांजामा ३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकीमा कुल १५२३९७ जनाको परीक्षण गरिएको छ भने २२५३० जना संक्रिमत भएका मध्य १७५५१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै हाल गण्डकीमा ४७२५ सक्रिय संक्रमित छन भने कोरोना संक्रणबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।