संवैधानिक आयोगमा पदाधिकारी सिफारिस,पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्ष

काठमाडाैं, बैशाख २६ गते ।  संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ ।

बैठकपछि राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले   भन्नुभयो, “परिषद्को बैठकले खाली रहेका संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ, नामबारे लिपिबद्ध भएपछि मात्र औपचारिक प्रक्रियाबाट सार्वजनिक हुनेछ ।” बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा जानुभएन

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

 

परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...