गण्डकीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखरा, बैशाख २६ गते । गण्डकी प्रदेशमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत जिल्लाको फलेवास नगरपालिका–५ का ६४ वषीय पुरुषको मृत्यु भएको हो ।

आज विहान ९ ः३२ मा बजे संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।मृतक पुरुषमा बैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आज विहान मात्रै ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । योसंगै गण्डकीमा अहिलेसम्मकै धेरै १२ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...