गण्डकीमा थपिए ३७९ नयाँ संक्रमित

पोखरा, बैशाख २६ गते । गण्डकी प्रदेशमा आइतबार दिउसो साँढे दुई बजेसम्म ३७९ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय जारी गरेको पछिल्लो विवरण अनुसार ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।थपिएका मध्य २७२ जना कास्कीका रहेका छन् भने पोखरा महानगरपालिका २७० जना रहेका छन् ।

त्यस्तै गोरखाका ६०, तनहुँका ६६,बाग्लुङका २०, स्याङजाका २०, लमजुङ ९, पर्वत ३, मुस्ताङ १,नवलपरासी पूर्व १ र म्याग्दीका १ गरी नयाँ ३७९ जना संक्रमित थपिएका हुन् । अहिलेसम्म गण्डकीमा संक्रमितको सख्या २२९७९ पुगेको छ ।

यसैवीच गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै १२ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...