पोखरा, बैशाख २६ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीनामा दिनुभएको छ । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल सक्षम राजीनामा दिनुभएको हो । मुख्यमन्त्री गुरुङले दिएको राजीनामा प्रदेश प्रमुख पौडेलले आजै स्वीकृत गर्नुभएको छ । राजीनामा स्वीकृत गदै गण्डकी प्रदेश प्रमुख पौडेल तीनदिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख पौडेलले हालसम्म मुख्यमन्त्री गुरुङ नेतृत्वको मन्त्रीपरिषदले गरेको कामप्रति धन्यबाद दिदै अर्को मन्त्रीपरिषद गठन नहुदाँसम्म नेपालको संविधान धारा १६९ उपधारा (३) बमोजिम मौजुदा मन्त्रीपरिषद्ले कार्य सञ्चालन गर्न र १६८ को उपाधारा (२) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो । धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।