गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा मुख्यमन्त्रीको हैसियले काम गर्ने वातावरण नभएका कारण राजीनामा दिएको बताउनु भएको छ । आफनो राजीनामा बारे स्पष्ट पादै उहाँले देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्र मार्फत निर्बाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा १ (क) बमोजिम माननीय प्रदेश प्रमुखज्यू समक्ष आजैका मिति देखि लागु हुनेगरी आफ्नो पदबाट राजिनामा दिएको छु ।

हाम्रो पार्टीनेकपा ९एमाले० र हामीफल दिईरहने बृक्ष हौं, शीतलता पनि दिएकाछौ र दिईरहने छौ तर जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन्।लोकतन्त्रमा सबै खराबीहरुको उपचार जनताबाट हुनेछ।
संङघीयताको मर्म बमोजिम नेपालको संबिधान को सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र समृद्धि तर्फ प्रयत्नरत भइ आंफ्नो कार्य संञ्चालन गरिरहेकोमा