पोखरा, बैशाख २७ गते । गण्डकी प्रदेशमा थप १० जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्ला संक्रमितको मृत्यु भएको हो ।स्वास्थ्य निदेशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार पोखरा,स्याङजा,म्याग्दी, तनहुँ, रुपन्देही र पर्वतका कोरोना संक्रमितको मृत्यु भएको हो ।
पोखरा महानगरका ७ का ८७ वषीय कोरोना संक्रमितका आज विहान मृत्यु भएको हो। होमआइसोलेसनमा मृत्यु भएको हो ।पोखराकै ६७ वषीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो । त्यस्तै स्याङजाको फेदीखोला गाउँपालिका ९ की ६२ वषीय कोरोना संक्रमित महिलाको हिजो बेलुका गण्डकी मेडिकल कलेजमामृत्यु भएको हो ।स्याङजाकै गल्याङ नगरपालिका ३ का ८४ वषीय कोरोना संक्रमित पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
यस्तै म्याग्दीको धौलागिरी गाउँपालिका २ का ३७ वषीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको हो । पर्वत जिल्ला कुश्मा नगरपालिका १ का ४७ वषीय पुरुषको धौलागिरी बाग्लुङमा उपचारका क्रममा निधन भएको हो । तनहुँ जिल्लाको भानु नगरपालिका १का ६५ वर्षिय पुरुषको दमौली अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।त्यस्तै स्याङजा जिल्ला वालिङ नगरपालिका १की६४ वषीय कोरोना संक्रमित महिलाको चरक मोमोरिय अस्पताल पोखरामा निधन भएको छ।
स्याङजाकै हरिनास गाउँपालिका ४ का ५५ वषीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । आजै विहान गण्डकीमा थप दुई जनाको मृत्यु भएको थियो ।कोरोना संक्रमणबाट अहिलेसम्म गण्डकीमा २७५जनाको मृत्यु भएकोछ ।