ओलीले अधिनायकवादी र सर्वसत्तावादी चरित्र प्रदर्शन गरेको सभापति देउवाको आरोप

काठमाडौँ, वैशाख २७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावमा उहाँले प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा ९१० बमोजिम विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष राखेको प्रस्ताव पारित नहुने जनाउँदै सो आह्वान गर्नुभयो


जनताले गत निर्वाचनमा स्पष्ट बहुमत दिए पनि सरकार र सरकारका प्रमुख प्रधानमन्त्री ओलीले जनता सामु गरेका वाचा बिर्सिएको तथा अधिनायकवादी र सर्वसत्तावादी चरित्र प्रदर्शन गरेको आरोप सभापति उहाँले लगाउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “सुशासनको प्रत्याभूति दिन नसकेको, देशको स्वाभिमान मर्यादा र गरिमा बढाउन नसकेको, कोभिड–१९ को रोगथाम र नियन्त्रणमा सर्वदा असफल भएको, शान्तिसुरक्षा कायम गर्न नसकेको र संविधान, विधि र पद्धतिलाई नै समाप्त गरी संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै आँच पुग्ने कार्य गरेको हुँदा अहिले मुलुकमा जटिल अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीजी आफैँले उत्पन्न गरेको समस्याका कारण विश्वासको मत माग्नु पर्ने अवस्थामा पुग्नुभएको छ ।”

संविधान निर्माण भइसकेपछिको पहिलो संसदीय निर्वाचनमा तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त गरेर वर्तमान सरकारको गठन भए पनि आज तीन वर्षमा नै प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि आउनामा को जिम्मेवार छ भन्ने प्रश्न गर्दै उहाँले यो परिस्थितिका लागि स्वयं प्रधानमन्त्री जिम्मेवार रहेको आरोप लगाउनुभयो ।

आफूहरुले प्रतिपक्षका रुपमा सरकारलाई हमेशा रचनात्मक र सहयोगी भूमिका निर्वाह गरेको जनाउँदै कार्यकारी प्रमुख प्रधानमन्त्रीले अरुमाथि दोष र गुनासा थुपारेर जिम्मेवारीबाट भाग्न नपाइने उहाँको भनाइ थियो ।मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम हुन नसकेको, कोभिड–१९ को भयावह अवस्थामा अन्तरराष्ट्रिय संघसंस्था र मित्र राष्ट्रबाट रोकथाम र नियन्त्रण गर्न र नेपाली नागरिकलाई बचाउन आवश्यक सामग्री, औषधि खोपलगायत प्राप्त हुन सक्ने सहयोग पनि सरकारले लिन नसकेको आरोप कांग्रेस संसदीय दलका नेता देउवाले लगाउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...