पोखरा, बैशाख २८ गते ।गण्डकी प्रदेशमा मंगलबार १२ कोरोना संक्रमित मृत्यु भएको छ । पोखराका छ जना सहित गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको हो ।

पोखराका विभिन्न अस्पतालमा उपचार गराई रहेका संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पछिल्लो विवरणमा उल्लेख गरिएको छ ।

रुपन्देही र म्याग्दीका २, स्याङ्जा र तनहुँका १÷१जनाको मृत्यु भएको हो । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।