जनमोर्चाका सांसद थापाद्धारा काँग्रेस गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार

पोखरा, बैशाख २८ गते ।गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बन्न नपाउने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वास्को प्रस्ताव दर्ता गरेको काँग्रेस, माओबादी र जनता समाजबादी पार्टीको गठबन्धनबाट कृष्णचन्द्रलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।

गण्डकीमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर गर्न नमानेपछि काँग्रेस, माओबादी र जसपा गठबन्धनका मुख्यमन्त्रीका उम्मेदवर अलपत्र परेका छन् । जनमोर्चाका सांसद कृष्ण थापाले कुनैपनि हातलमा काँग्रेस नेतृत्वको गठबन्धनमा हस्ताक्षर गर्ने अडान लिएपछि काँग्रेस गठबन्धन अलपत्र गरेको छ ।

रास्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले नेपाली कांग्रेस, माओबादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनमा बन्ने कृष्णचन्द्र नेपालीको नेतृत्वको प्रस्तावित सरकारका पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि गण्डकी प्रदेश सभामा बहुमतको सरकार गठन हुने सम्भवना लगभग टर्ने देखिएको छ ।

 

काँगेस गठबन्धनले बहुमत पुर्याउन नसके गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पूर्न पृथ्वीसुब्बा गुरुङ ठूलो दलको हैसियतमा नियूक्त हुने छन् ।प्रदेश प्रमुख सिता पौडेलले बहुमतको सरकार गठन गर्न दिएको समयसिमा सक्किन लाग्दा जनमोर्चाका सांसद कृष्ण थापाले कृष्णचन्द्र नेपालीको नेतृत्वको सरकारका पक्षमा हस्ताक्षर नगर्ने बताएका छन् ।

 

कांग्रेस नेता नेपाली नेतृत्वको गठबन्धनलाई समर्थन गर्ने पार्टीको निर्णयसहित समर्थनमा हस्ताक्षर गर्न थापाकै पोखराको बुद्धचोकस्थित निवासमा पुगेका राष्ट्रिय जनमोर्चा गण्डकी ब्युरो संयोजक शंकर बरालसँग सांसद थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको बताइएको छ । उनले हस्ताक्षर नगरे नेकपा एमालेकै सरकार बन्ने पक्का छ । एमालेका २७ एक स्वतन्त्र सांसद राजिव गुरुङ(मनाङगे) गरी २८ सांसद रहेका छन् । प्रदेश सभामा काँग्रेका १५, माओबादीका १२ जसपाका २ सांसद रहेका छन् भने जनमोर्चाका ३ सांसद रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...