जनमोर्चाका सांसद कृष्ण थापाले आफूलाई संसदीय दलको नेताबाट हटाइनु गैरकानुनी रुपमा हटाइएको बताएका छन् ।

प्रदेश प्रम्ुख सीताकुमारी पौडेललाई पत्र लेख्दै उनले कारबाहीलाई बैधता नदिन आग्रह गरेका छन् । ‘म पार्टीकामले बागलुङमा हुँदा किर्ते, जालसाजी गरेर हटाउन खोजियो, कारबाहीलाई वैधता नदिन आग्रह गर्छू,’ उनले लेखेका छन् ।
उनले कुनै गठबन्धनमा नलागेको पनि बताएका छन् । ‘म हालको सरकार निर्माणको कुनै गठबन्धनमा नलागि तटस्थ बसेको व्यहोरा जानकारी गराउँछु’ थापाले भने ।
संसदीय दलका नेताबाट हटाइएका थापा भने अहिले आफ्नो घर बागलुङ जैमिनी पुगिसकेका छन् । आफूलाई कारबाही गर्ने बारे स्पष्टिकरण कसैले पनि नसोधेको उनले बताए ।
‘खै मलाई स्पष्टिकरणको बारेमा कसैले सोधेन, कारबाही गर्ने भन्ने त सुनेथें मिडियामा,’ उनले भने ।