गण्डकी प्रदेशमा काँग्रेसद्धारा बहुमतको दावी गदै मुख्यमन्त्री दावी

पोखरा, बैशाख २९ गते । गण्डकी प्रदेशमा काँग्रेसका कृष्णचन्द्र पोखरेल बहुमत दावी गदै मुख्यमन्त्री नियूक्त गर्न आग्रह गरेका छन् । प्रदेश प्रमुखले दिएको तीन दिनको समयसीमा सक्किने वित्तिकै काँग्रेस संसदीय दलका नेता पोखरेलले आफुसंग बहुमत रहेको भन्दै मुख्यमन्त्री नियूक्त गर्न प्रदेश प्रमुख समक्ष आग्रह गरेका हुने ।

बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ ९सभामुखसहित०, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् । तर उनले दावी पेश गरेपनि जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर गरेका छैनन् । उनले काँग्रेस नेतृत्वमा हस्ताक्षर नगर्ने बताउदै अस्वीकार गरेपछि जनमोर्चाले आज उनलाई संसदीय दलको नेताबाट समेत हटाएको छ । उनले आफुलाई गरेको कारबाहीलाई बैधानिकता नदिन भन्दै प्रदेश पमुख सीता पौडेल समक्ष पत्र बुझाएका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...