पोखरा, बैशाख ३० गते । गण्डकी प्रदेशमा शुक्रबार सार्वजनीक विदा दिइएको छ । गण्डकी प्रदेश भरी लागु हुने गरी सार्वजनीक विदा दिइएको हो ।
गण्डकी प्रदेश सरकारको मिटि २०७७÷१२÷१७ गतेको निर्णय गण्डकी प्रदेश राजपत्रमा प्रकाशन भैसकेको जनाइएको छ । बैशाख ३१ गते शुक्रबार ईदुल्लफितर(ईद) परेकाले उक्त दिन गण्डकी प्रदेशभरी सबैलाई लागु हुने सार्वजनिक विदा दिइएको गण्डकी प्रदेश आन्तरिक मार्मिला तथा कानून मन्त्रायलका उपसचिव हिमाल चन्द्र अर्यालले जानकारी दिनुभयो ।