माटोको ढिस्कोले पुरिँदा बागलुङमा आमा छोराको मृत्यु

पोखरा, बैशाख ३१ गते । मोटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । आज २ः ५५ बजेको समयमा बागलुङ निसिखोला गाँउपालिका २ कान्लेचौर रातामाटा बस्ने वर्ष ३३ की भवी कुँवर र निजको छोरा वर्ष १२ को सुरेश कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरदेखि अन्दाजी २ किलोमीटर पश्चिम टाढा पर्ने सार्वजिक जग्गामा घर पोत्न प्रयोग गरिने माटो लिन गएका थिए । माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसि पुरिदा दुबै जनाको घटनास्थलमानै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । भटनाका विषयमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि खटि घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...