अन्तर्राष्ट्रिय शिक्षाका लागि फिस्टेल एकेडेमी

पोखरा, जेठ १ गते । मनै लोभ्याउने दृश्यका कारण पोखराले देशी, विदेशी पर्यटकको मन तानेको छ । त्यसैले त विश्वकै पर्यटकीय गन्तव्य सावित भएको छ । साहसिक पर्यटनमा पनि उत्तिकै अब्बल छ पोखरा । स्वास्थ्य शिक्षामा पनि उसैगरी नाम कमाएको छ । मनिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा विदेशबाट समेत चिकित्सा विज्ञान अध्ययन गर्न आउँछन् । एउटा अभाव थियो अन्तर्राष्ट्रियस्तरको विद्यालय । अब त्यो अभाव पनि पूरा गरेको छ फिस्टेल एकेडेमीले ।


गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ३ दसकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको फिस्टेल एकेडेमीले पोखरा १७ बिरौटामा अन्तर्राष्ट्रियस्तरको भौतिक सुविधासहित युग सुहाउँदो प्रगतिशील शिक्षामा फड्को मारेको छ । त्यसो त गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा नाम दर्ज गरिसकेको छ फिस्टेल एकेडेमीले । फिस्टेलका संस्थापक निर्देशक चिनु रानाभाटलाई यतिले चित्त बुझेन ।

विद्यालयस्तरकै गुणस्तरीय शिक्षाका लागि थुप्रै बालबालिका काठमाडौं र भारतका विभिन्न सहरमा जाने गरेको उनले देख्दै आएका हुन् । मनमा प्रश्न उठ्थ्यो, यी विद्यार्थीलाई पोखरामा रोक्न सकिँदैन र ? अनि अन्य सहरका बालबालिकालाई पोखरा तान्न सकिँदैन र ?भन्छन्, ‘विकसित मुलुकहरुका विद्यालय हेर्ने मौका पाएँ, त्यहाँका विद्यालयका तुलनामा हामीले केही गरेकै रहेनछौं, मलाई तिनै स्कुलको अनुशरण गर्न मन लाग्यो ।’ १५ वर्ष अगाडि नै किनेको जग्गा थियो । त्यही जग्गामा अहिले १ अर्ब लगानी गरेर भौतिक र अन्य संरचना निर्माण भइरहेको छ ।

माछापुच्छ«ेजस्तै उचाइ बनाएको फिस्टेललाई अझै उँचो बनाउने सोच उनमा पलायो । उनको सोच र सपना अहिले साकार भएको छ । नयाँ शैक्षिक शत्रसँगै अब उनले नयाँ अवधारणासहित सञ्चालन गर्दैछन्, उही फिस्टेल एकेडेमीलाई ? उनले भने, ‘२१ औं शताब्दीको यो परिवेशमा स्तरीय शिक्षाका लागि अब पोखरा छाड्नुपर्ने वाध्यताको अन्त्य गर्दै अभिभावकको अपेक्षालाई संवोधन गर्ने विश्वास म दिलाउँछु ।’

सरकारी तबरबाट निर्धारित कोर्स त पढाइ हुन्छ नै । तर विद्यार्थीका लागि त्यो मात्र पर्याप्त हुँदैन । उनीहरुलाई जीवनोयोगी ज्ञान चाहिन्छ । अनि कतिपय विद्यार्थीमा रहेको अन्तर्निहीत प्रतिभा प्रस्फुटनका लागि उसले अवसर खोजिरहेको छ । यसका लागि कुनै पनि कसरी राखिँदैन भन्छन् संस्थापक निर्देशक रानाभाट । उनले भने, ‘आजको कम्प्युटर युगमा प्राविधिक शैलीमा विद्यालयको लक्ष्यलाई दरिलो साथै औचित्यपूर्ण सावित गर्न हामी सदैव प्रयासरत रहन्छौं ।

फिस्टेल एकेडेमीले त्यही अनुसारको शिक्षा प्रदान गर्न काठमाडौं र बाहिरबाट शैक्षिक जनशक्ति ल्याइसकेको छ । सक्षम तथा तालिमप्राप्त मानव स्रोत साधनबाट नै अहिलेको गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिने भएकाले त्यही अनुसारको जनशक्ति व्यवस्थापन गरिएको रानाभाटले बताए । ‘देश विदेशका सुविधा सम्पन्न र आधुनिक तबरबाट सञ्चालित विद्यालयमा काम गरिसकेका अनुभवी दक्ष शिक्षक कर्मचारी र सोही अनुसारको सेवा सुविधा हामीले प्रदान गरेका छौं,’ उनले भने । प्रगतिशील शिक्षा र सोही अनुसारको शिक्षण सिकाइ स्रोत र साधनको व्यवस्थापनमा विद्यालय प्रशासन लागिरहेको पनि उनले बताए ।

बिरौटाको १८ रोपनी जग्गामा शैक्षिक तथा प्रशासकीय भवन निर्माण भइसकेको छ । जसको अन्तिम सजावट मात्र बाँकी छ । त्यसका अतिरिक्त २२ रोपनी जग्गामा खेल मैदान निर्माण गरिएको छ । जुन खेल मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता समेत सञ्चालन गर्न सकिन्छ । वातानुनुलित र फराकिला कोठा छन् । जसमा विद्यार्थीहरु ठेलमठेल गरेर बस्नुपर्ने छैन । विदेशको मापदण्ड अनुसार एउटा कक्षाकोठामा ३० जनामात्र विद्यार्थी रहनेछन् । सबै कक्षाकोठा स्मार्ट र डिजिटल प्रविधियुक्त छन् । विद्यार्थीले कोर्स र अतिरिक्त ज्ञानका लागि प्रयोग गर्न आधुनिक शैलीको पुस्तकालय निर्माण गरिएको छ । जसमा इ लाइब्रेरी अलग्गै छ ।

 

अतिरिक्त क्रियाकलाप र सेमिनारका लागि तलैपिच्छे सुविधासम्पन्न हल समेत बनाइएको रानाभाटले बताए । विज्ञान कम्प्युटर र अन्य विषयगत सिकाइका लागि सुविधा सम्पन प्रयोगशाला निर्माण भइरहेका छन् । यसका लागि कोठाहरु तयार भइसकेका छन् भने सामग्री बाहिरबाट आउनेक्रममा छ । सिनियर र जुनियर लेभलका विद्यार्थीलाई छुट्टाछुट्टै कम्प्युटर ल्याब बनाइएको छ । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय खानपान चाहिन्छ । यसैका लागि फिस्टेलले ओपन किचनसहित ४ सयभन्दा बढी विद्यार्थी अट्ने भोजनालय बनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...