गण्डकीमा १४ जनाको मृत्यु, ७७० नयाँ संक्रमित थपिए

पोखरा,जेठ १ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पताल र होमआइसोलेसनमा १४ जनाको मृत्यु भएकको हो ।


स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार मृतक माध्य छ जना पोखराका रहेका छन् । त्यस्तै पर्वतका तीन,स्याङजा दुई,म्याग्दी, तनुहँ र गोखराका एकएक जना रहेका छन् । त्यस्तै गण्डकीमा पछिल्लो २४ घण्टामा ७७० नयाँ संक्रमित थएिका छन् ।थपिएका मध्य महिला ३३० र पुरुष ४४० रहेका छन् ।थपिएका मध्य म्याग्दीमा २३०,कास्कीमा १६८,नवलपरासी पूर्व १४७,बाग्लुङ ७९, गोरखा ४९,तनहुँ १८,स्याङजमा २१ गरी ७७० थपिएको स्वास्थ्य निर्देशनलाय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...