पूर्व स्वास्थ्यमन्त्री अधिकारीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

पोखरा, जेठ १ गते । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । वद्यार्थी दिवस तथा ५७ औं अनेरास्ववियु स्थापना दिवसको अवसरमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले आफै स्वास्थ्य सेवा विभाग टेकुबाट कोभिड १९ का बिरामिहरुका लािग अति आवश्यक पर्ने स्वास्थ्य सामाग्री ल्याएर हस्तान्तरण गर्नुभएको हा ।


युवा नेता दिलिप न्यौपनेले स्वास्थय सामाग्री पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यलाई हस्तान्त्रण गर्नुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई ३ वटा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर ३ वटा र अन्य स्वस्थ्य सामाग्री प्रदान गरिएको हो । त्यस्तै संक्रामक रोग अस्पताल लेखनाथलाई अक्सिज सिलिन्डर एक, एक कन्सन्टेटर तथा अन्य स्वास्थ्य सामाग्री रहेको बताइएको छ । यता कास्कीको थुम्सिकोट्मा एक कन्सन्टेटर उपलब्ध गराउनु भएको छ ।त्यस्तै मन्त्री अधिकारीले पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा निर्माण गरीने अक्सिजन प्लान्टका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...