पोेखरा, जेठ ३ गते । नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस । आज विभिन्न कार्यक्रम गरी उहाँहरुको स्मरण गरीदै छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर श्रद्धाञ्जली कार्यक्रम आयोजना गरीदै छ ।
एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुल्खुस्थित पार्र्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित शालिकमा माल्यापर्ण गर्ने कार्यक्रम छ । त्यस्तै एमाले कास्कीले पनि पोखराको बाटुलेचौरस्थित मदन आश्रित पार्कमा रहेको शालिकमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । सामाजिक दुरी कायम गदै कार्यक्रम आयोजना गर्ने एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।
भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक मानिन्छ। लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका मानिने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेका थिए।छोटै समयमा सर्वाधिक लोकप्रिय बनेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि भेटिएको थियो।
‘दासढुंगामा घटना’को छानबिन गर्न धेरै आयोग बने पनि अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन ।