पोखरामा निषेधाज्ञामा विकास निर्माण धमाधम

पोखरा, जेठ ३ गते । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइसले नेपालका सबै क्षेत्र प्रभावित बनेका छन् । कोरोना भाइरसको दोश्रो लहर तिव्र रुपमा फैलिएको छ ।

 

कोरोनाकै कारण नेपालको अर्थतन्त्रमा नकरात्मक प्रभाव पारेको छ । देशका ७७ जिल्ला मध्य ७३ जिल्ला प्रभावित भएपछि निषेधाज्ञा जारी गरिएको छ । संघ, प्रदेश र स्थानीय तहका तीनै सरकार कोरोना रोकथाम नियन्त्रणमा जुटेका छन् ।

अक्सिज ग्याँस, सिलिण्डर, आइसोलेसन सहितका अस्पताल निर्माणसंगै जनताको जीवन रक्षा पहिलो प्राथमिकता हो । तीनै तहका सरकार आफना नागरिकको जीवन रक्षामा जुटेका छन् । यस्तै पोखरा महानगरपनि कोरोना नियन्त्रण र रोकथाममा ब्यस्त छ । महानगरले कोरोना नियन्त्रणका लागि आइसोलेसनको ब्यवस्था, अक्सिजन प्लान्टको व्यवस्था लगायत काममा जुटेका छ । महानगरले तत्कालीन लेखनाथ नगरपालिकाको कार्यालय हाल वडा नम्वर २७ रहेको वडा कार्यालयमा कोरोना अस्पताल निर्माण सुरु गरेको छ । एक सय वेडको कोरोना अस्पतालका लागि काम भैरहेको छ । अन्य दुई ठाँउमा आइसोलेसन वार्ड निर्माण गरेको छ ।

पोखरा ३३ र मालेपाटनस्थि कृषि तालिम केन्द्रमा आइसोलेसन तयार गरेकोछ । त्यस्तै कोरोनाकै कारण निषेधाज्ञा भएपनि विकास निर्माणका काम भने रोकिएका छैनन् । सुरक्षाका मापदण्ड अपनाएर विकास निर्माणका काम भैरहेका छन् । पोखराका विभिन्न वडामा सडक निर्माणका काम जारी छन् । पोखराले विकासमा फड्को मारिरहेको छ ।

सडक निर्माणल पहिलो प्राथमिकतामा परेको छ । पोखराका ३३ वडालाई जोडने गरी सडक निर्माण भैरहेका छन । त्यस्तै मुख्य सडक र सहायक सडकहरु निर्माणको काम भैरहेको छ। त्यस्तै पोखरा १६ चण्डिका स्कुल देखी मातृशिशु अस्पताल सम्म बन्न लागेको नाला , लामाचौर चोकदेखि गण्डकीवोर्डिङ सम्म बन्न लागेको सडकको स्तरोन्नती र घोरकुना देखि दाद्रे सम्मको सडक निर्माण तिव्र रुपमा भैरहेको छ । सडक निर्माणको कामको जनप्रतिनिधिहरुले निरीक्षण गर्नुभएको छ । गुणस्तरीय निर्माणका लागि कोरोना संक्रमणमा समेत जनप्रतिनिधिहरु खटिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...