जिल्ला समन्वय समिति कास्कीले चार गाँउपालिकालाई ४० र महानगरलाई ६० लाख दियो

पोखरा, जेठ ४ गते । जिल्ला समन्य समिति कास्कीले कास्कीका स्थानीय तहलाई कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि १ करोड रुपैयाँ उलब्ध गराउने निर्णय गरेको छ । समितिको जुम मार्फत बसेको बैठकले कास्कीका चार गाँउपालिका र एक महानगरलाई कोरोना नियन्त्रण लागि गाँउपालिका र महानगरस्तरीय अस्पतालहरुलाई बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।

जिल्ला समन्वय प्रमुख बैनबहादुर क्षेत्री अधिकारीको अध्यक्षतामा बसेको बैठकले कास्की जिल्ला कोरोना संक्रमण अति प्रभावित जिल्लाको रुपमा रहेकाले विद्यमान स्वास्थ्य संरचना, जनशत्तिको सेवा अझै प्रभावकारी बनाउन कास्कीका चार गाँउपालिकाका पालिका स्तरीय अस्पताल र महानगरपालिका क्षेत्रका सरकारी अस्पताललाई रकम उलपब्ध गराउने निर्णय भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । समन्वयको मौज्दात कोष सञ्चालन निर्देशिकाको अधिनमा रहेर पालिकाहरुको सिफारिसमा चार गाँउपालिकालाई दश÷दश लाखका दरले ४० लाख र पोखरा महानगरपालिकालाई ६० लाख रुपैयाँ गरी १ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।


त्यस्तै पोखरा महानगर वडा–१६ मा रहेको मातृशिशु मितेरी अस्पतालमा २० बेड(आइसोलेसन)को लागि १५ लाख रुपैयाँ दिने निर्णय भएको छ । त्यस्तै बैठकले कोरोना उपचार र रोकथामका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेर, अक्सिजन प्लान्ट र टंयाकी निर्माण एवं एचडियू यूनिट २ स्थापनाका लागि संघीय सरकारबाट १६ करोड रकम उपलब्ध गराउने निर्णय भएकोमा सघीय सरकारप्रति हार्दिक आभार समेत बैठकले ब्यक्त गरेको छ ।


कोरोना नियन्त्रणका लागि यसको विरुद्धको खोप नै एक मात्र अचुक उपाय देखिएकाले खोपको सहज आपूर्ति गदै जनता समक्ष पुर्याउन समेत प्रदेश र संघीय सरकारसंग माग गरिएको छ । बैठकले कोरोनाको दोश्रो भेरियन्टको कारण धेरै जनसमुदायको स्वास्थ्यमा गम्भीर समस्या देखिएको हुदाँ यसको रोकथामको उपाय नै सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गरी स्वास्थ्यका मापदण्डहरुलाई आत्मसाथ गरी घरमा नेै रहन समेत सबैलाई अपित गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...