पोखरा, जेठ ५ गते ।तमु जातिको पुरानो, गर्बिलो सामाजिक संस्था तमु धिं नेपाल ३६ वर्ष पुरा गरी आज ३७ औं वर्षमा प्रवेश गरेको छ। ३७ औं स्थापना दिवसको अवसरमा तमुधिं नेपालले शुभकामना व्यक्त गरेको छ । शुभकामना ब्यक्त गदै तमु धिं अध्यक्ष मोहम तमुले संघ संस्था स्थापना गर्न बन्देजको कठिन अवस्थामा पनि राज्यको ऐन कानुन भन्दा पनि सामुदायिक आवाश्यकता, परम्परागत मुल्य मान्यता, एकताबद्ध हुने प्रथाजनित आस्था बलशाली हुने यथार्थतालाई आत्मसाथ गर्दै तमु अग्रजहरु एवम संस्थापकहरुले तमु धिं स्थापना गर्नुभएको उल्लेख गर्नुभएको छ ।
वि.सं.२०४२ साल जेठ ५ बजे तत्कालिन राज्य व्यवस्था लाई छलेर पोखरा ९ शान्तिवन बाटिकामा तमु धिं परिवार स्थापना गरी विकासको क्रममा तमु धिं कास्की हुदै तमु धिं नेपालको रुपमा अधि बढिरहेको छ। तमु धिं स्थापना पश्चात न्याय र समानताको लडाईमा तमु धिंका अग्रजहरुले राज्यको कालकोठरी, जेलनेल भोग्नु पर्यो भने विशेष सामाजिक सेवा प्रदान गरे वापत राज्यबाट पटक पटक सम्मानित समेत बनेको इतिहास छ।संस्था स्थापनादेखि हालसम्म विभिन्न आरोहअवरोहहरु पार गर्दै, समस्याहरु छिचोल्दै सामुदायिक अधिकार, समतामुलक समाज, समृद्धि नेपाल निर्माणका लागि निरन्तर निरन्तर अघि बढिरहेकोछ बताइएको छ ।
स्थापना दिवसको अवसरमा तमु धिं नेपालका संस्थापकज्युहरु, परमसंरक्षक, आदरणीय अतिथिज्युहरु, संरक्षक ज्युहरु, सल्लाहकारज्युहरु, तमु धिंको कार्यसमिति लगायत विभिन्न पदमा रहेर अभियानमा जुट्नु भएका सामाजिक अभियन्ताहरु, क्षेत्रिय तमु समाजका अध्यक्ष तथा सम्पुर्ण कार्यसमितिहरु, प्रवास शाखाहरु, जिल्ला शाखाहरु, केन्द्रिय आमा समिति तथा आमा समितिहरु, तमु विद्यार्थी समिति, विभिन्न अक्षयकोषदाताहरु, जनप्रतिप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, संघ संस्थाहरु, पत्रकार संचारकर्मीहरु,देश विदेशमा रहनुभएका सहयोगी, शुभ चिन्तकहरुको सहयोगले तमु धिं नेपाल गर्विलो संस्था बन्न सकेको अध्यक्ष होमद्धारा जारी शुभकामना उल्लेख छ । सबैको सद्भाव, साथ सहयोग, शुभेच्छाका लागि आभार व्यक्त गर्दछौं र आगामी दिनमा पनि संघीय, प्रदेश र स्थानिय सरकार, देशवदेशमा रहनुहुने सम्पुर्ण सहयोगीहरु, संघ संस्था, शुभेच्छुक, शुभचिन्तकहरुको साथ समयाको अपेक्षा गर्दछौं।
संस्था स्थापनाको मुल मर्मलाई आत्मसाथ गर्दै तमु एकता, तमुहरुको आफ्नोपनको संरक्षण सम्वद्र्धन र विकास, तमुहरुलाई सचेत र क्षमतावान बनाउने, समयानुकुल व्यवस्थित भौतिक संरचना सहितको संस्थागत विकास, सामुदायिक अधिकार प्राप्ति, समतामुलक समाज निर्माण, सभ्य र समृद्ध मुलुक निर्माणका लागि क्रियाशिल रहने यस पुण्यतिथिमा प्रतिवद्धता समेत जाहेर गर्दछौं। एकता नै शक्ति भएकाले तमुहरुको एकता र सम्पुर्णमा एकतावद्धताका लागि हार्दिक अनुरोध गर्दछौं। यतिबेला मुलुक कोरोना महामारीको कठिन अवस्थामा छ, यस बखत सबैलाई सुरक्षित रहन आग्रह गर्दछौं।कोरोनाको कुनै औषधि, उपचार हालसम्म नभएकाले स्वअनुशासित बनौ, सतर्कता अप्नाऔं, सजग, सचेत बनौं। बाच्न सके नाच्न पाइन्छ भन्ने भनाईलाई मनन गर्दै आफु बाचौं, अरुलाई बचाऔं।