गण्डकी प्रदेशमा आज मन्त्रीपरिषद् विस्तार हुने, २ बजे सपथ ग्रहण

पोखरा, जेठ ५ गते ।मुख्यमन्त्रीको सपथ खाएको एक हप्तापछि आज  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल बिस्तार गर्ने पक्का भएको छ । आज दिउसो २ बजे मन्त्रिमण्डल विस्तार हुने पक्का भएको हो । मुख्यमन्त्री कार्यालयबाट मन्त्रीको सपथका लागि सबैलाई भर्खरै खबर गरिएको छ ।

सपथ ग्रहणका लागि खबर आए लगत्तै  सांसद विकास लम्साल गृह जिल्ला पवर्तबाट पोखरा हिडनुभएको छ भने अर्का सांसद राजीव गुरुङ काठमाण्डौंमा हुनुहुन्छ ।  सांसद मनाङेले आज सपथ ग्रहण गर्न नभ्याउने जानकारी मुख्यमन्त्रीलाई गराइसकेको स्रोतले बतायो  ।

मन्त्री बन्ने सांसद किरण गुरुङ, रामशरण बस्नेत र नरदेवी पुन भने पोखरा मै हुनुहुन्छ ।मुख्यमन्त्री गुरुङको नयाँ मन्त्रिपरिषद्मा पुरानै मन्त्रीहरु नियूक्त गर्ने तयारी गरिएको हो । यस पटक पनि गण्डकी प्रदेशको राजधानी कास्कीबाट मन्त्रीमा नपर्ने देखिएको छ  ।

बैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नुभएका गुरुङले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ ।

किरण गुरुङ मन्त्री अर्थ

रामशरण बस्नेत मन्त्री भाैतिक

विकास लम्साल मन्त्री पर्यटन

नरदेवी पुन मन्त्री सामाजिक विकास

राजीव गुरुङ मन्त्री युवा तथा खेलकुद

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...