पोखरा, जेठ ५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्नुहुने भएको छ ।

दोश्रो पटक मुख्यमन्त्री नियूक्त भएको एक सातापछि मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।बैशाख २९ गते गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते गुरुङ दोश्रो पटक सपथ लिनु भएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्न लाग्नु भएको हो ।
नवनियूक्त मन्त्रीहरुको सपथ ग्रहण आज ३ बजे हुने भएको छ । दुई बजे सपथका लागि सबैलाई खवर गरिएको छ । नवनियूक्त मन्त्रीहरुको सपथ प्रदेश प्रमुखको निवासमा हुने भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले नवनियूक्त मन्त्रीहरुलाई सपथ खुवाउनु हुने छ ।
मुख्यमन्त्री गुरूङले आज अर्थमन्त्रीमा किरण गुरूङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण्माा बस्नेत, पर्यटन, उद्योग वन तथा वातावरणमन्त्रीमा विकास लम्साल र सामाजिक विकास मन्त्रीमा नरदेवी पुन र युवा तथा खेलकुद मन्त्रीमा राजीवन गुरुङ(दीपक मनाङगे) लाई नियूक्त गर्ने बताइएको छ । उहाँहरु सबै अघिल्लो मन्त्रिपरिषद्मा हुनुहुन्थ्यो । सबैलाई दोहो¥याउन लाग्नु भएको हो । आन्तरीक मार्मिला तथा कानून मन्त्रालय र कृषि मन्त्रालय माओबादी केन्द्रका मन्त्रीले राजीनामा गरेपछि खाली छ ।
२७ गते संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिनुभएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक ब्यवस्था रहेको छ । कोरोना भाइरस संक्रमण भएपछि होम आइसोलेसनमा रहनु भएका मुख्यमन्त्री गुरुङले पोजेटिभ रहेरै अवस्थामा सपथ लिनुभएको थियो ।
कोरोना संक्रमण भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिला भएको हो । असारमा बजेट ल्याउने पर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम समेत ल्याउनेपर्ने भएकाले मुख्यमन्त्रीले मन्त्रीपरिषद् विस्तार गर्न लाग्नुभएको हो । गुरूङ अहिले पनि होम आइसोलेसनमै हुनुहुन्छ ।