गण्डकीमा बुधबार ३० जनाको मृत्यु, ६८८ नयाँ संक्रमित थपिए

पोखरा, जेठ ५ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचाररत ३० जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।गण्डकी प्रदेशमा एकै दिन ३० जनाको मृत्यु भएको अहिलेसम्मकै धेरै हो ।

गण्डीका ११ जिल्लामा सबैभन्दा बढि ज्यान गुमाउने कास्कीका ८ जना रहेका छन् । स्यांजाका ७ जना, तनहुँका पाँच जना, पर्वतका पाँच जना, गोरखाका तीन जना र नवलपरासी पूर्वका दुई जनाको मृत्यु भएको छ । त्यस्तै गण्डकीमा ६८८ जना संक्रमित थपिएका छन् । थपिएका मध्य ३०८ महिला र ३८० जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५६७ जना कोरोनामक्त भएका छन् । गण्डकीमा हालसम्म १६८८३४ जनाको परीक्षण गरिएकोमा ३०६८८ संक्रमित र अहिलेसम्म २०९६५ जनाले कोरोना जितेकका छन् । गण्डकी प्रदेशमा संक्रिय संक्रमितको संख्या ९२४१ रहेका छन भने ती मध्य ९०११ जना होमआइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा अहिलेसम्म ४५२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...