गण्डकीमा विनाविभागीय मन्त्रीहरुको कार्यविभाजन, कुन मन्त्रीलाई कुन मन्त्रालय

पोखरा,जेठ ६ गते ।गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिउसो तीन जनालाई विनाविभागीय मन्त्रीका रुपमा सपथ खुवाए । सपथपछि बसेको बैठकले गण्डकी प्रदेशमा ११ मन्त्रालय बनाउने निर्णय गराए । उक्त निर्णयसंगै साँझ विनाविभागीय मन्त्रीका रुपमा सफल खाएका तीन मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ मन्त्रालय आफैंसंगै राखेर मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाड गरेका हुन् । जसमा किरण गुरुङ अर्थ,भुमि व्यवस्था,,कृषि सहकारी,गरिवी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै रामशरण बस्नेतले भौतिक पूर्वाधा, सहरी विकास तथा यातायात ब्यवस्था,उर्जा, जलस्रोत तथा खानेपानी,कानून, सञ्चार तथा प्रदेश सभा मार्मिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

यता नरदेवी पुनले शिक्षा, संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन् । विकास लम्सालले पर्यटन, उद्योग,वाणिज्य तथा वाणिज्य आपूर्ती, वन,वातावरण तथा भु संक्षण मन्त्रालय पाएका छन् भने राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बाडफाड गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...